Logo

गण्डकी प्रदेश

विश्व हिन्दू महासंघका अध्यक्ष काङ्ग्रेसको जिल्ला अधिवेशनमा पराजित



बेसीशहर । नेपाली कांग्रेस लमजुङको अधिवेशनमा जिल्लाबाट प्रतिनिधि सभा जितेर मन्त्री बनेकादेखि पूर्वसभापति पराजित भएका छन् ।कांग्रेस क्षेत्र नम्बर १ बाट निर्वाचन जितेर मन्त्री बनेका रामचन्द्र अधिकारी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

यस्तै, कांग्रेस लमजुङको संगठनमा पकड राख्ने नेता शंकरकान्त जोशी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कांग्रेस लमजुङको आन्तरिक राजनीतिमा सबभन्दा बढी पकड राख्ने नेताका रूपमा परिचित जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा लागेका जोशी यसपालिको जिल्ला अधिवेशनमा भने सभापति शेरबहादुर देउवा समूहलाई समर्थन गर्न पुगेका थिए

महाधिवेशन प्रतिनिधिमा ७ मतले पराजित भएपछि जोशीले पुन: मतगणना गर्न माग गर्दै केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएका छन् ।

जोशीले धाँधली भएको र निर्वाचनमा खटिएका कर्मचारीले आफूलाई आएको मत गणना नगरेको दाबी गरेका छन् । पुन: मतगणना भए आफूले लोकप्रिय मतका साथ विजयी हुने समेत उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १० : ०२ बजे