Logo

विचार / ब्लग

बढ्दो वायु प्रदूषण र स्वास्थ्य चुनौती



हामी हावाविना एक क्षण पनि बाँच्न सक्दैनौं । हामी जीवित रहन र स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि शुद्ध र सफा हावा अति नै आवश्यक पर्दछ । स्वच्छ हावामा नाइट्रोजन ७८५, अक्सिजन २१५, कार्बनडाइअक्र्साई ०।०४५ र आर्गन तथा अन्य पदार्थ ०.९६५ रहेका हुन्छन् । यीबाहेक अन्य दूषित विषालु ग्याँस हावामा मिसिन गएमा त्यसलाई वायु प्रदूषण भनिन्छ ।

अहिले विश्वभरि वायु प्रदूषण दिनानुदिन बढिरहेको छ । विश्वको वायुहरूको गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरए जनाएअनुसार विश्वका १०० ओटा प्रदूषित सहरमध्ये ९४ प्रदूषित सहर दक्षिण एसियाको भारत, पाकिस्तान र चीनमा मात्रै छन् । आइक्यु एयरका अनुसार सन् २०२० मा विश्वका १०० सहरमध्ये ४६ प्रदूषित सहर भारतका थिए । त्यसैगरी, चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा चार, इन्डोनेसियामा र थाइल्यान्डमा एक एक ओटा प्रदूषित सहर थिए । गाजियावाद भारतको सबैभन्दा प्रदूषित सहर हो भने चीनको सहर होटान र पाकिस्तानको लाहोर त्यहाँका सर्वाधिक प्रदूषित सहर हुन् । अहिलेको मापनमा लाहोर विश्वकै प्रदूषित सहर सूचीमा पर्छ ।

नेपालमा यसको असर

‘एयर क्वालिटी इन्डेक्स’ ‘एक्युआई’का अनुसार, सन् २०१५ को विश्व प्रदूषण सूचकाङ्कमा नेपाल वायु प्रदूषणका हिसाबले विश्वकै तेस्रो प्रदूषित मुलुक रहेको थियो भने काठमाडौं एसियाको पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो । ०७६ सालको फागुनमा भने विश्वका प्रदूषित देशको सूचीमा नेपाल आठौं नम्बरमा र प्रदूषित सहरका हिसाबले काठमाडौं पाँचौँ नम्बरमा सूचीकृत गरेको थियो ।
गत वर्ष काठमाडौैं उपत्यकामा वायु प्रदूषण काठमाडौंलगायत विराटनगर, वीरगञ्ज, पोखराजस्ता ठूला सहरमा वायु प्रदूषण अस्वस्थकर तहमा रहेको देखिएको थियो । काठमाण्डूको एक्यूआई १७३ अंकसम्म पुगेको थियो । काठमाण्डूको वायु प्रदूषण मापदण्डभन्दा पाँचगुणा खराब हुन पुगेको थियो ।

वायु प्रदूषणका कारणहरू

हावामा विभिन्न प्रकारका पदार्थ वा ग्याँस जस्तैः धुमपान, वनजङ्गलको डडेलोबाट निस्केको धुँवा, जीव, जन्तु, रुख, विरुवा, फोहोरमैला सडे, गलेर प्राकृतिक रुपमा मिसिन गई वायु प्रदूषण हुन सक्छ। आजकल वायु प्रदूषण व्यक्तिका क्रियाकलापबाट पनि दिन प्रतिदिन बढ्दै गएको छ । जसमा दाउरा–कोइला बाल्ने, विभिन्न प्रकारका मेसिन चलाउने, कीटनाशक औषधीको प्रयोग गर्ने, बढ्दो सवारी साधन र वन विनाशका कारण वातावरण प्रदूषित बन्दै गएको छ ।

सवारी साधनबाट निस्कने धुँवाले वायु प्रदूषणको समस्या शहरी क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको छ । राजधानी काठमाडौं सहर धुलो, धुँवा र बढ्दो सवारी साधनका कारण विश्वको तेस्रो प्रदूषित शहरमा पर्नु ज्यादै दुःखलाग्दो कुरा हो । एउटा नयाँ गाडीले एक टन पेट्रोल खपत गर्दा ७५० केजी धुवाको रुपमा विशालु ग्याँस फ्याक्छ । सवारी साधनबाट जति पुरानो हुँदै गयो, त्यति नै दुषित धुँवा बढी निष्कासन हुन्छ । सवारी साधनबाट निस्कने विषालु ग्यासहरूमा नाइट्रोजन अक्साइड, कार्बनडाइअक्र्साईड, हाइड्रोकार्बन, लिड आदि हुन् यी विषालु ग्यासहरू वायुमण्लीय हावामा मिसिन जाँदा कार्बन मनोअक्साइडले हाम्रो शरीरमा अक्सिजनको सञ्चारमा अवरोध गराउँदा मानिस वेहोस हुने वा मृत्युसमेत हुन सक्छ ।

वायुप्रदूषणले यसरी गर्छ स्वास्थ्यमा असर

वायु प्रदूषणको स्तर हावामा हुने हानिकारक कणको मापनमा आधारित हुन्छ । त्यसपछि नतिजा राम्रोदेखि खतरनाकको रूपमा वर्गीकृत गरिन्छ ।

विशेष गरी, पानी नपर्ने समयमा वायु प्रदूषणको खतरा बढी हुन्छ । यसको असर सबैभन्दा बढी बालबालिका र वृद्ध मानिसहरूमा पर्छ । श्वासप्रश्वास र मुटुको समस्या रहेका युवाहरूलाई पनि प्रदूषणले ठूलो असर पार्छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गराउँदछ । यसबाट उत्पन्न हुने मुख्य समस्यामा श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण, रुघाखोकी, ब्रोङ्काइटिस, निमोनिया, फोक्सो, घाँटीको क्यान्सर, एलर्जी आदि हुन् । यसका साथै हावामा रहेका हाइड्रोजन सल्फाइट, फ्लोराइड, आर्सनिक आदि विषालु पदार्थले व्यक्तिको मृत्यु पनि हुन सक्दछ । हावामा रहेको विषालु मर्करी र सिसाका सुक्ष्म कणले स्नायु प्रणाली, मुत्रप्रणाली र पाचन प्रणालीमा असर गर्नुका साथै एनटिमोनी भन्ने तत्वले मुटुमा असर गर्दछ ।

यस्तै, पेट्रोल, डिजेलबाट निस्कने धुँवामा रहेको अक्सिएसिटिन नाइट्रेड र फमेलडीहाइडले फोक्सो, आँखा आदिमा असर पार्नुका साथै खेती, बाली पनि नष्ट गराउँदछ । इन्धनबाट निस्कने पोली हाइड्रोकार्बनले क्यान्सर जस्तो भयानक रोग उत्पन्न गराउँदछ । दूषित ग्यासका कारण ओजन तहमा असर परी छाती, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, क्रोमोजोममा असामान्य अवस्था आउन सक्दछ। यदि वायुमण्लीय हावा दूषित भएमा सूर्यको किरणबाट आउने अल्ट्र भ्वाइलेट किरण र अम्लीय वषाका कारण छाला खुम्चने, छालाको क्यान्सर हुने, आँखा पाक्ने रोग लाग्ने हुने सम्भावना बढी रहन्छ।

वायु प्रदूषण बढ्दै गएमा हवाइ यातायातमा समस्या आउने, बाक्लो धुँवाका कारण सवारी साधनहरू दुर्घटनाग्रस्त अवस्थामा जाने, हरितगृहमा असर गरी पृथ्वीको तापक्रम बढ्ने, हिउँ पग्लने, वातावरणमा परिवर्तन भई कृषि उत्पादनमा ह्रास आउने आदि पनि हुन्छ।

बच्ने उपाय

१. वनजङ्गल फडानी रोक्ने, वृक्षारोपण गर्नेजस्ता कार्यमा प्रोत्साहित गरिनु पर्दछ ।

२. व्यवस्थित सहरीकरणको विकास गर्ने, आफ्नो घरअगाडि अनिवार्यरूपमा सरसफाइ गर्ने, प्लाष्टिक र धुँवाजन्य पदार्थहरू नजलाउने, पुराना सवारी साधनहरू हटाउने र नयाँ सवारी साधनहरू चलाउने गर्नुपर्दछ ।

३. उद्योगधन्दा, कलकारखानाहरूलाई मानव बस्तीबाट टाढा राख्ने, सडकको गल्ली, खोलानाला, नदी, ताल आदि सफा गर्नुपर्दछ ।

४. इन्धनको रुपमा दाउरा, कोइलाको सट्टा, गोबर ग्याँस, विद्युतीय शक्ति र सौर्य उर्जाको प्रयोगमा जोड दिनु पर्दछ।

५. विद्यालय र समुदायमा वातावरणीय जनचेतना फैलाउनु पर्दछ ।

वायु प्रदूषण कम गर्न के छ सरकारको तयारी ?

यो वर्ष वायु प्रदूषण कम गर्नका लागि सरकारले त्यही कार्ययोजनाअनुसार तत्काल गर्न सकिने कामलाई प्राथमिकता दिन लागिएको जनाएको छ ।
वातावरण विभागका उपमहानिर्देशकसमेत रहेका प्रवक्ता इन्दुविक्रम जोशी भन्छन्, हामीले तत्काल गर्न सक्ने भनेको फोहोर बाल्ने काम रोक्ने हो । त्यसका लागि हामीले स्थानीय तहसम्मै काम गर्ने र आवश्यक परे प्रहरीलाई पनि परिचालन गर्ने भन्ने निर्णय गरेका छौँ ।

वातावरणविद्हरूले चाहिँ वायु प्रदूषण अबको एक महिनामा उच्च विन्दुमा पुग्ने भन्दै सरकारले केवल निर्णय मात्रै नगरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । हिउँद सुरु भएसँगै वायुको गुणस्तर बिग्रन थालेको तथ्याङ्कले नै देखाउन थालिसकेकाले न्यूनीकरणका लागि सवारीसाधनको जाँचदेखि इँटा भट्टामा सुधारसम्मका काम गर्न ढिला भइसकेको उनीहरूले बताएका हुन् ।

वायु गुणस्तरको अवस्था पछिल्ला वर्षहरूदेखि नै खस्किँदै गएका बेला सरकारले २०७६ सालको माघ महिनामा काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गरेको थियो । वातावरणीय रूपमा दिगो यातायात प्रणाली, उद्योग प्रतिष्ठानबाट उत्सर्जन, अस्पताल, घरायसी एवं कृषिजन्य फोहोरको वातावरणमैत्री तवरबाट व्यवस्थापन गर्न भन्दै सरकारले कार्ययोजना अघि सारेको थियो ।

कार्ययोजनामा उद्योग, यातायात, निर्माणका क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरण गर्न विभिन्न सरकारी निकायहरूले गर्नुपर्ने कामको सूची उल्लेख छ ।

त्यसबाहेक विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा जोड दिने र त्यसका लागि चार्जिङ सुविधा भएका बस टर्मिनलहरू तथा चार्जिङ केन्द्रहरू बनाउनेलगायत कार्ययोजनामा उल्लेख छ । अहिले डिजेल तथा पेट्रोलबाट चल्ने गाडीहरू कम गर्दै विद्युतीय गाडी आयात गर्न थालेको छ ।

यसरी, सरकारले व्यवस्थित सहरीकरणको विकास गरी आम जनताको स्वास्थ्यमा ध्यान दिनु आजको आवश्यकता हो ।

प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार  १२ : ४३ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।