Logo

राजनीति

सुशीला वेल्बासे नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित



नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सुशीला वेल्बासे कपिलवस्तु क्षेत्र नम्बर ३ बाट खुल्ला महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएकी छिन् ।

पेसाले पत्रकार सुशीला नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सुशीला वेल्बासे कपिलवस्तु क्षेत्र नम्बर ३ बाट खुल्ला महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएकी हुन् । उनी सक्रिय पत्रकारिता गर्दागर्दै उनी पार्टी राजनीतिमा होमिएकी हुन् ।

कुल पाँच सय ४१ मतमध्ये चार सय २२ मत प्राप्त गरी बेलवासे २५ जना प्रतिनिधिमध्ये सबैभन्दा धेरै मत लिई विजयी भएकी हुन् ।

खुला कोटामा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित हुनुले उनको लोकप्रियता कति रहेछ भन्ने पुष्टि हुन्छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सुशीला वेल्बासेले अब आफू कपिलवस्तुमा पार्टी सुदृढीकरणमा लाग्ने बताइन् । गुट बलियो बनाउने तर्फ भन्दा पनि पार्टीलाई बलियो बनाउने वेल्वासेको भनाइ छ । क्षमता अनुसार पार्टीले इमान्दार कार्यकर्ताहरुको मुल्याङ्कन हुने उनको बुझाइ रहेको छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ नेपाली कांग्रेसको १४ औं महाधिवेशनका अन्य विजयी प्रतिनिधिहरु यी हुन् ।

खुल्लातर्फ

अजय थापा -३७६
किफायतुल्ला खाँ -२५९
कृष्ण प्रसाद पौडेल – ३६०
धन्श्याम बनिया – ३००
जम्शेर अलि मियाँ -३९४
दिपक कुमार शुक्ला – २६७
प्यार मोहम्मद मियाँ – २८३
विनोद नेपाल -३०२
विरेन्द्र कुमार कनोडिया -३५६
मनोज कुमार कानोडिया – २७८

महिला तर्फ
गोमादेवी पाण्डेय – ३३६
नैनकला रेग्मी – ३२६
सुचना मिश्रा – ३१०
सुशिला वेल्बासे – ४२२

मधेसी पुरूष
अभिषेक प्रताप शाह – ३४१
भरत किशोर चौधरी – २३०

थारू
मिथुन चौधरी – ३११

मुस्लिम
अकिल मियाँ – २८२

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १०:०४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।