Logo

राजनीति

कपिलवस्तु सभापतिमा पौडेल पक्षका अब्दुल कलाम निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम खाँ निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै कलाम विजयी भएका हुन् । एक हजार ७६५ मत खसेकोमा कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरेका थिए ।

कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने आचार्य सभापति शेरबहादुर देउवा पक्षकाबा उम्मेदवार बनेका थिए ।

यस्तै उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।

प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार  ९ : ११ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।