Logo

बागमती प्रदेश

बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा हेटौँडा जाँदै



काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ०७:२३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।