Logo

प्रमुख समाचार

कांग्रेस १४ औं महाधिवेशन, बागमतीमा पनि मतदान शुरू



नेपाली कांग्रेस बागमती प्रदेशमा नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । मतदान प्रकृया भर्खरै सुरु भएको छ । बिहान ९ बजे हुने भनिएको मतदान ७ घण्टा ढिला गरी सुरु भएको हो ।

वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा मतदान सुरु भएको हो । कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ ,जगदीश नरसिंह केसी र भिमसेन दास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी उप–सभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सह–महामन्त्री महिला तर्फ ३ जना र सह–महामन्त्री खुल्ला तर्फ ७ जनाको उम्मेदवारी परेको छ । १० स्थानमा मतदान व्यवस्था गरिएको निर्वाचन संयोजक केशव प्रसाद काफ्लेले बताएका छन् । मतदानको समय १० बजेसम्म तोकिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार १६:२२   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।