वुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चुन्न मतदान सुरु भएको छ । विहान सवा ११ बजेदेखि मतदान सुरु भएको हो । केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मत हालेर मतदान सुभारम्भ गरेका हुन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत विहिवारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनबाट पहिलोपटक प्रदेश कमिटी चुनिँदैछन् । नयाँ नेतृत्व चयनका लागि विहान ८।३० बजेदेखि मतदान गर्ने कार्यतालिका भएपनि प्रक्रिया मिलाउँदा मिलाउँदै ढिला भएको निर्वाचन समितिले जनाएको छ ।
अहिले मतदाताहरु मत हाल्न लाइनमा छन् भने उम्मेदवारहरु मत माग्न ब्यस्त छन् । मतदान स्थलमा निकै चहलपहल छ । केन्द्रयि नेताहरुदेखि नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति छ । गृहमन्त्री तथा केन्द्रयि सदस्य बालकृष्ण खाँण, केन्द्रयि सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, केन्द्रयि सदस्य चन्द्र भण्डारी, केन्द्रयि सदस्य पार्वती डिसी चौधरी, केन्द्रयि सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल लगायतका नेताहरुको उपस्थित रहेको छ ।
लुम्बिनी प्रदेशमा ८ पदाधिकारीसहित ७७ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । लुम्बिनी प्रदेशमा कांग्रेसका दुई समूह प्रतिष्पर्धामा छन् । दुबै समूहले प्यानलसहित उम्मेदवारी दिएका छन् । संस्थापन समूह भरत कुमार शाह र संस्थापन इतर समूह अमरसिंह पुनको नेतृत्वमा चुनावमा उत्रेका छन् । दुबै समूहवीच कडा प्रतिष्पर्धा हुने देखिए पनि प्रतिनिधि संस्थापन इतरका बढी भएकाले पुन नेतृत्वको प्यानल हाबी हुने आंकलन गरिएको छ । लुम्बिनीमा १६ सय ४८ मतदाता छन् ।




















प्रतिक्रिया