Logo

गण्डकी प्रदेश

गण्डकी कांग्रेस अपडेट : ४ सय गन्दा शुक्रराज शर्मालाई ६ मतको अग्रता



नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिको मतगणनाको नतिजा आइरहेको छ।

पछिल्लो नतिजा अनुसार त्यहाँ संस्थापन पक्षीय अर्जुन जोशी र इतर समूहका शुक्रराज शर्माबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

त्यहाँ शनिबारै सुरु भएको मतगणनाको पछिल्लो विवरण अनुसार ४ सय गणना हुँदा रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ६ मतको अग्रता बनाएका छन्। जस अनुसार शर्माले २०४ र अर्जुन जोशीले १९८ मत ल्याएका छन्। यसअघि १५० मत गन्दा संस्थापनका अर्जुन जोशीले थोरै अग्रता बनाएका थिए। जोशीले ७७ मत ल्याउँदा शर्माले ७३ मत ल्याएका छन्। तर अहिले शर्मा अघि बढेका छन्।

गण्डकी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश हो। यहाँ सभापति शेरबहादुर देउवा पक्षसँगको प्रतिस्पर्धालाई उनले प्रतिष्ठाको लडाइँ मानेका छन्।

गण्डकीमा शनिबार सम्पन्न मतदान अनुसार ११ सय ४६ मत खसेको थियो।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०५:५७   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।