Logo

अन्तर्राष्ट्रिय

ईश निन्दाको आरोपमा पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जिउँदै जलाइयो



इस्लामावाद । ईश निन्दा गरेको भन्दै पाकिस्तानमा एक श्रीलंकाली नागरिकको हत्या गरिएको छ । शुक्रबार पाकिस्तानको सियालकोटमा एक फ्याक्ट्रीमा म्यानेजर पदमा कार्यररत श्रीलंकाली नागरिकलाई जलाएर हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सो फ्याक्ट्रीमा सुरुमा ती म्यानेजरले ईश निन्दा गरेको हल्ला फैलिएको र पछि आक्रोशित भीडले उनलाई कुटपिट गरी जलाएको बताइएको छ । सुरक्षाकर्मी भन्दा निकै ठूलो संख्यामा रहेको भीडले उनको हत्या गरेर आगो लगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पूर्णरुपमा जलेको खरानी लिएर प्रहरीहरु अस्पताल पुगेको बताइएको छ ।

यो घटनापछि प्रतिक्रिया दिँदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि शुक्रबारको दिन कालो दिन भएको टिप्पणी गरेका छन् । उनले यो निकै दुःखदायी घटना भन्दै दोषीमाथि कारबाही गरिने बताएका छन् ।

पाकिस्तानमा धार्मिक कट्टरपन्थमाथि बहस सुरु भएको छ । उता श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले यो घटनामा दुःख व्यक्त गर्दै दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गरेका छन् । एजेन्सी

प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार  ७ : १८ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।