Logo

गण्डकी प्रदेश

कांग्रेस गण्डकी प्रदेशको महामन्त्रीमा मन्त्री नै पराजित, को-को विजयी भए ? यस्तो छ सूचि



गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का कांग्रेस गण्डकी प्रदेशको महामन्त्री पदमा पराजित भएका हुन् । कांग्रेसको संस्थापन अर्थात सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उठेका उनी ११ मतको झिनो अन्तरले हार्न पुगेका हुन् ।

तर उनी पराजित प्रदेशका दुई महामन्त्री पदमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने वजयी भए ।

श्रेष्ठले ५७३ मत र लामिछानेले ५६७ मत ल्याउँदै जित निकाले । तर कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका खड्काले खड्काले ५५६ मत ल्याए ।

यसअघि २०७४ चुनाव नहुँदासम्म अखण्ड नेपाल पार्टीका अध्यक्ष थिए । तर उक्त चुनावअघि उनले आफ्नो पार्टीलाई कांग्रेसमा विलय गराएका थिए।

त्यसपछि उनलाई कांग्रेसले समानुपातिकतमा राखेर प्रदेश सभा सदस्य जिताएको थियो। एमालेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकार ढलेपछि बनेको कांग्रेस नेतृत्वको सरकारमा उनले धरै बजेट भएको मन्त्रालय हाँकिरहेका छन्।

गण्डकी प्रदेशमा को को विजयी भए ? यस्तो छ सूचि

नेपाली कांग्रेस को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट

सभापति

शुक्रराज शर्मा

उप-सभापति

कल्पना तिवारी

मा. मेखलाल श्रेष्ठ

महामन्त्री

किरणबाबू श्रेष्ठ
बिष्णु प्रसाद लामिछाने

सह-महामन्त्री

रमेश पाण्डे
रामचन्द्र जोशी
कोपिला रानाभाट

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०८:२६   :  बजे

6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।