Logo

शेयर बजार

नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्दै, चुक्ता पुजिँ ८४ करोड बनाउँने निर्णय



नेपाल फाईनान्स लिमिटेडको २० देखि २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ को कारण सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट संस्थाको केन्द्रिय कार्यालय कमलादीमा साधारण सभा सम्पन्न भएको छ । संचालकहरु प्राध्यापक  हिरेन्द्रमान प्रधान चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक  आनन्द कृष्ण ताम्राकार लगायतशेयरधनीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
 
साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन निर्देशन दिएसँगै कम्पनीले चुक्ता पुजिँ बढाउन गएको हो । साथै साधारण सभाले यसका लागि तत्कालै प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ । 

सोही अनुरुप नयाँ शेयरधनीहरु समेतको सक्रियतामा संस्थाको चुक्तापूँजी ८४ करोड २ लाख ६५ हजार ५९४ पु¥याउन १ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव साधारणसभाबाट पारित भएको छ । 

संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको र यस अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको कम्पनीले जानकारी दिएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : २२ बजे