Logo

प्रवास

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जारा नियुक्त



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जारा नियुक्त भएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति गरिएको हो ।

बनेपा स्थायी घर भएका बन्जरा नेपाल बार एसोसिएनका केन्द्रीय सदस्य र नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन् । यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले आफ्नो कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएपछि बन्जरालाई नियुक्त गरिएको हो ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद्को पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरूप पन्तले नयाँ आयुक्त तोकेका हुन् । गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख अस्ट्रेलियन कम्पनी भेरो मार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ । संघको नेतृत्वका लागि डिसेम्बर १६ र १७ तारिख मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार ०८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।