Logo

गण्डकी प्रदेश

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा कुसुम



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन भएकी छिन् । दुईदिनदेखि पोखरामा जारी अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।

गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् । माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।

शनिबार आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो । दीपक कोइराला, हरिराज अधिकारीलगायत अध्यक्षको दाबेदार थिए । आइतबारदेखि बसेको बैठक अध्यक्ष टुंग्याउन सकस परेपछि सोमबार बिहानसम्म चलेको थियो ।

अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी दोस्राे बैठकमा निर्वाचित गरिने माओवादीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : २८ बजे