Logo

अर्थ

५ प्रतिशतले बढेपछि सेयर बजारमा:४० मिनेटका लागि कारोबार बन्द



दुई दिनदेखि उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको दुई घण्टा नबित्दै नेप्से सूचक पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ । 

मंगलबार १२ : ३८ बजेसम्ममा नेप्से ११४.२५ अंकले बढेर २३९५.९२ अंकमा पुगेको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण आइतबार र सोमबार बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो । 

आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि त्यसको बचाउमा प्रचण्डले स्पष्टीकरण दिइसकेका छन् । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १३:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।