Logo

मनोरञ्जन

काठमाडौंमा गुरुङ भाषाको सिनेमा ‘फिच्यो’ को विशेष प्रदर्शनी



गुरुङ भाषाको सिनेमा ‘फिच्यो’को विशेष प्रर्दशनी गरिएको छ । रेड ओसिय इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकाे विशेष प्रर्दशनी काठमाडौंको रानीदेवी पार्टी प्यालेसमा गरिएको हो । यो सिनेमाका निर्देशक विकास घले गुरुङ हुन् ।

विशेष प्रदर्शनीमा तमु कलाकार संघका निर्वतमान अध्यक्ष राजु गुरुङ, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवं सञ्चारकर्मी सहजकुमार घले, चलचित्र पत्रकार शान्तिप्रिय, उत्तरी गोरखा साँस्कृतिक समाजका अध्यक्ष सुनिल गुरुङ, अभिनेता बुद्ध गुरुङ, आनन्द गुरुङ, गायक तथा संगीतकार आँशु लामा, निर्देशक जनक गुरुङ एवं संगीतकार सन्तोष श्रेष्ठको उपस्थिति थियो ।

सिनेमामा विश्वास गुरुङ, कासी घले(ईन्द्र), टिकाराम घले, सीतादेवी गुरुङ, कल्याण थापामगर, कृष्ण गुरुङ, डिबी गुरुङ, विरुप घले, पेम्बाछिरिङ शेर्पा, अन्जना गुरुङ र सिर्जना गुरुङको अभिनय छ ।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार १५:३३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।