Logo

समाचार

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने



मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएकाे छ । लोकमार्गकाे रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइनाबगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो । 

सडक कालोपत्रेका लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो । पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ । पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ। तर, पहिरो धेरै ठूलाे भएकाले काम ढिला भएको हाे ।

मंगलबारसम्म सडक सुचारु हुने अनुमान गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । ‘दुई वडाकाे डोजरले सडकमा झरेको पहिरो हटाउने प्रयास भइरहेको छ ।’  उनले भने, ‘अझै पहिरो खुलाउनका दुई दिन जति लाग्छ ।’

लोकमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । 

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार १५:४३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।