Logo

विविध

विश्वहिन्दु महासंघको कार्यालयमा तोडफोड



बाँसबारीस्थित विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । सोमबार बिहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको  महासंघकी महासचिव अस्मिता भण्डारीले जानकारी दिएकी छिन् । थाहा भए लगत्तै प्रहरीलाई यसबारेमा जानकारी गराईएको उनले बताइन ।

प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको छ । यसबार अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।महासंघले आज एक विज्ञप्ति जारी गरी घटनाको भत्सर्ना र निन्दा गर्दै अविलम्ब तोडफोड र चोरी गर्नेलाई पक्रिन माग गरेको छ । 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।