Logo

खेलकुद

सेभिल्लासँग बार्सिलोना बराबरीमा रोकियो



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा बार्सिलोना सेभिल्लासँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।

सेभिल्लाका लागि पपु गोमेजले गोल गर्दा बार्सिलोनाका लागि रोनाल्ड अरौजोले बराबरी गोल फर्काए।

पहिलो हाफ बराबरीमा सकिदा दोस्रो हाफको ६४ औँ मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो । तर बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।

बार्सिलोना बराबरीपछि १८ खेलबाट २८ अंकसहित सातौँ स्थानमा छ भने ३८ अंकसहित सेभिल्ला दोस्रो स्थानमा छ । समान खेलबाट ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ ।

अर्को खेलमा भिल्लारियलले अलाभेसलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ०६:५३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।