Logo

अर्थ

बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



बिहीबार बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे ।

बुटवल पावरले ११ पुसमा बुक क्लोज गर्दैछ । ९ र १० गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्न २६ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ ।  सभा कम्पनीको रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार ११:३२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।