Logo

शिक्षा

एसईई खारेज गर्न सरकारलाई निर्देशन



काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘१२ सम्म विद्यालय तहको परीक्षा हो । १२ को बोर्डले परीक्षा लिनुपर्छ । एसईई खारेज गर्न भनेका हौँ,’ समिति सभापति जयपुरी घर्तीले भनिन् ।समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर, सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो । २९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो ।

समितिको निर्देशनहरू

१) समितिको मिति २०७७/०२/२९ गतेको एसईई खारेजीको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन ।

२) बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयलाई ध्यानाकर्षण ।

३) संघीय शिक्षा विधेयक यथाशक्य छिटो संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ०९:३६   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।