पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम गरि मनाइँदै छ ।
सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्न मानिसहरू भीड लागेको छ । केहीबेरमा पुर्व राजा ज्ञनेन्द्र पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न आउँदै छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले केहीबेर अगाडि माल्यार्पण गरेकी छन् ।
पृथ्वी जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागलाई वास्ता गरेन । सरकारी स्तरबाट पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम गरिएको छैन् ।
राजावादी संगठनहरूले र्याली निकालेका छन् । र्यालीमा सहभागीहरूले राजसंस्थाको पुनः प्रतिस्थापना हुने बताएका छन् । नेपालमा गणतन्त्र जनताको हितमा नभएकोले राजसंस्थाको आवश्यक भएको सभागीको ठहर छ ।
राष्ट्रपिताको रुपमा पृथ्वीनारायण शाहलाई सम्झिएको सहभागीको भनाई छ । पञ्चेवाजा, भिमेबाजा, झाँकी र विभिन्न रौनकतासहितको र्याली शान्ति वाटिकाबाट सिंहदरबार आउँदै छ ।





















प्रतिक्रिया