Logo

प्रमुख समाचार

डेढ दशकपछि पछि ज्ञानेन्द्र पृथ्वीनारायणको शालिकमा



काठमाडाँै । पृथ्वीनारायण शाहको तीन सयौँ जन्म जयन्ती सन्दर्भमा पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै ’नेपाल विदेशीहरूको खेल मैदान बनेको’ टिप्पणी गरेका छन् । राष्ट्रिय एकताको सन्देश दिन पूर्व राजा पहिलो पटक सिंहदरबारको मूल गेट बाहिर रहेको राजा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न गएको शाहका एक सहयोगीले बताए ।

सिंहदरबार मूल गेटको पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा शाह आफ्नो महाराजगन्जस्थित निवास निर्मल निवासबाट मङ्गलवार अपराह्न गएका थिए । त्यहाँ पूर्व राजाका शुभेच्छुक साथै राजतन्त्रलाई समर्थन गर्ने दलका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।

तत्कालीन गोरखा राज्यमा विक्रम सम्वत् १७७९ साल पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका थिए ।

गणतन्त्रकालमा शासन सत्ता सञ्चालनमा राजनीतिक दलका नेताहरूले त्रुटि कमजोरी कायम राख्दा आफ्ना पुर्खाको जन्म जयन्तीको अवसर पारेर पूर्व राजाले व्यवस्थाप्रति प्रश्न उठाउने मौका पाएको कतिपय राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार १४:०६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।