Logo

कोशी प्रदेश

गाउँपालिका अध्यक्ष १७ वर्षीय किशोरीसँग होटेलमा निर्वस्त्र भेटिएपछि …



धरान । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव एक होटेलबाट निर्वस्त्र पक्राउ परेका छन् । तत्कालीन संघीय समाजवादी नेपालबाट गाउँपालिका अध्यक्षका लागि निर्वाचित भएका यादव धरानको एक होटेलमा १७ वर्षीय किशोरीसँग पक्राउ परेका हुन् ।

यादव धरान १३ स्थित डुकु होटेलमा एक किशोरीसँग निर्वस्त्र रूपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नरेन्द्र कुमार कार्कीले अनलाइन पानालाई जानकारी दिए ।

अध्यक्ष यादवलाई जबरजस्ती करणी मुद्दाअन्तर्गत बिहीबार जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको डिएसपी कार्कीले बताए । उनले भने ‘यादवलाई जबरजस्ती करणी मुद्दाअन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु भएको छ ।’

उनले इनरुवाकै एक किशोरीलाई जागिर लगाइदिने प्रलोभनमा पारी होटेलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ ।

अध्यक्ष यादवको बारेमा स्थानीयले प्रहरीलाई दिएको जानकारीको आधारमा इलाका प्रहरी कार्यालय, धरानबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार २०:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।