Logo

प्रमुख समाचार

न्यायाधीशको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्न बारको माग

नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन



काठमाडौँ । आज प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि विराेध प्रदर्शन गरिरहेको बताए।

अधिवक्ता शर्माले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

उनले भने: न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्ध हाे र न्यायालयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो। हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ। जबसम्म जबराले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ। न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको हाे ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार १७:०७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।