काठमाडौँ । आज प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि विराेध प्रदर्शन गरिरहेको बताए।
अधिवक्ता शर्माले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
उनले भने: न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्ध हाे र न्यायालयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो। हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ। जबसम्म जबराले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ। न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको हाे ।





















प्रतिक्रिया