ओखलढुंगा । भूमि आयोग ओखलढुंगाको अध्यक्षमा नेपाली काँग्रेसका नेता अशोक कार्की नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कार्की हिजोदेखि नै लागु हुनेगरी भूमि आयोग ओखलढुंगाको अध्यक्ष नियुक्त भएका हुन् ।
लिखु गाउँपालिका वडा नम्बर ५ यसमका कार्की नेपाली काँग्रेस ओखलढुंगाका पुराना निष्ठावान र इमान्दार नेताका रुपमा चिनिन्छन् । यस अघि ओखलढुंगाबाट महासमिती सदस्य समेत रहेका उनि नेपाली काँग्रेस ओखलढुंगाको सचिव समेत भएका थिए । यस अघि २०५८ सालमा सुकुम्सावासी समस्या समाधान आयोग ओलढुंगाका उपाध्यक्ष समेत भएका उनि स्थानीय निर्वाचनमा लिखु गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी ओखलढुंगासहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरुलाई नियुक्ति पत्र दिएको बताइएको छ ।
यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग गठनमा राजिनीति भएको भन्दै देउवा सरकारले एकसाथ देशभरका समितिहरु विघटन गरेको थियो । एमालेकै शैली पछ्याउदै देउवा सरकारले पनि आस्थाको आधारमा अध्यक्षहरु नियुक्त गरेको छ ।




















प्रतिक्रिया