Logo

प्रदेश

प्रदेश सरकारको पहिलो भवन शिलान्यास



कर्णाली प्रदेश सरकारको आफ्नै भवनको पहिलो पटक लेखा नियन्त्रक कार्यालय सुर्खेतको शिलान्यास गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आज सो भवनको शिलान्यास गरे । उनले मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक प्रदेश सरकारअन्तरगतको भवन शिलन्यास हुनु सुखद् क्षण भएको बताए ।

प्रदेश लेखा नियन्त्रक कार्यालय भूकम्प प्रतिरोधात्मक र गुणस्तरयुक्त बनाउन निर्माण कम्पनीलाई निर्देशन दिँदै उहाँले भवन भनेको यस्तो पो हो भन्ने गरी काम देखाउन आग्रह गरे ।

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु आव ०७७÷०७८ मा विनियोजित बजेट रु तीन करोड ५३ लाख ९३ हजार ४९४ मा उक्त भवन निर्माण हुने बताए । प्रदेश सरकारको आफ्नो जग्गा नहुँदा सङ्घीय सरकारअन्तरगत स्थानीय सरकारबाट भोगाधिकार लिएर भवन निर्माणकार्य शुरु गरिएको उनले जनाए । 

उक्त भवन निर्माण्का लागि गत चैत २२ गते निर्माण सम्झौता गरेको शिवशक्त चक्रेश्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँले २०७९ चैत २१ गते सम्पन्न गर्ने गरी जिम्मा लिएको छ । 

प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार  १२ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।