Logo

कोशी प्रदेश

प्रदेश १ मा ३२० जनालाई कोरोना संक्रमण



विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण पुसष्ट भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको हो ।
त्यस्तै गरी ओखलढुंगामा पनि २ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्थित स्वास्थ्य कार्याालयले जनाएको छ ।

प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १७:२५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।