Logo

कोशी प्रदेश

मोरङको पथरीमा खुकुरी प्रहार, आरोपित निरोज र धिराज पक्राउ



मोरङ । पथरी शनिश्चरे नगरपालिका ८ मिलन चौक बस्ने २२ वर्षीय कृष्ण मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका ६ बस्ने २२ वर्षीय निरोज गोदी र सोही ठाउँ बस्ने १९ वर्षीय धिराज गोदी रहेका छन् । पुरानो रिसइविका कारण उनीहरुले कृष्णलाई राम जानकी मन्दिर छेउमा खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

घाइते कृष्णको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार १५:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।