Logo

कोशी प्रदेश

प्रदेश १ मा संक्रमण दर उच्च, झापा, मोरङ र सुनसरी रेड जोनमा



विराटनगर । भारतसँग खुल्ला सिमाना भएकोले केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दरमा वृद्धि भएको छ । प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लामा संक्रमण दर उच्च भएकोले तीन जिल्ला रेड जोनमा परेका हुन् ।

प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत पुस २५ गते यतामात्र मोरङमा सबैभन्दा बढी ७३० जना संक्रमित थपिएका छन् ।


त्यस्तै हाल मोरङ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ भने झापामा २ सय भन्दा बढी छन् भने सुनसरीमा कुल संक्रमित संख्या ५२७ जना पुगेको छ भने झापाको तथ्याङ्क पनि बढ्दो अवस्थामा रहेको छ । अहिले झापामा २१४ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यसमा पनि प्रदेशको राजधानी विराटनगरमा मात्र यो एक सातामा ५९३ जना सक्रिय संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १३:३९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।