Logo

बैंकिङ

सांग्रिला बैंकमा नोकरशाही आतंक, राम्रा कर्मचारी निकालिदा यसरी डुब्दैछ बैंक



देश भरमा ९९ वटा शाखा विस्तार गरिसकेको सांग्रिला डेभलपमेन्ट बैंक खराब नेतृत्वको कारणले डुब्ने अवस्थामा पुगेको छ । बैंकका सिइओ सुयोग श्रेष्ठको निरिहताको फाईदा उठाउँदै फरियावादमा चुर्लुम्म डुबेका चिफ अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशी र मुख्य कर्जा अधिकृत रञ्जित मास्के, एचआर प्रमुख लेखनाथ पौडेल, कम्पनी सचिव सुजनबाबु अधिकारी र आईटी हेड सन्तोष पंगेनीको हर्कतले बैंक यस्तो जोखिमको डिलमा पुगेको हो ।

माथी उल्लेखित पात्रहरुकै आड भरोसामा बैंककी बजार प्रमुख अर्पणा जोशीको दादागिरीले बैंकका कर्मचारीहरुलाई भात खाउँ न थाल खाउँ बनाएको छ । कर्मचारीमाथि लादिएको नोकरशाही आतंकले गर्दा हालै एकै पटक १२ जनाले बैंकको जागिरबाट हात धुनु परेको छ । यिनै व्यक्तिहरुले प्रवृत्तिले गर्दा अन्य कर्मचारीहरुमाथि क्रुर अन्याय भएको समेत फेला परेको छ ।

कर्मचारीहरुलाई तड्पाउन र जागिरबाट धपाउन महेन्द्रनगरका कर्मचारीलाई इलामको फिक्कल, त्यहाँबाट फेरि सुर्खेत, चितवनबाट जुम्ला जस्ता टाढा टाढाका ठाउँहरुमा सरुवा गर्ने गरेको पाईएको छ । बैंकिङ क्षेत्र बुझेका व्यक्तिलाई उचित जिम्मेवारी दिनुको सट्टा रिकभरीको जिम्मेवारी दिने गरेको समेत पाईएको छ । बैंकले कर्मचारीमाथि यतिसम्म अत्याचार गरेको छ कि केही समय अगाडि अनामनगर शाखामा ल्यापटप हराउँदा सुरक्षा गार्डबाट सो बराबरको रकम असुलिएको पाईएको छ ।

कर्जा अधिकृत मास्केले त बैंकमा लेखा परिक्षकलाई छल्न आफन्तलाई अडिट ईन्चार्ज बनाएका छन् । बैकका अधिकांश शाखाहरुमा माथी उल्लेखित व्यक्तिहरुकै आफन्तले जिम्मेवारी पाएका छन् ।
पछिल्लो समय घरजग्गाको समेत ओभर भ्याल्लु गरी बढी रकम दिने गर्नाले खराब कर्जा समेत बढिरहेकोले जनताको रकम थप जोखिममा छ ।

बैंकमा नीति नियम भन्दा पनि हैकमवाद चलार्ईएकोले विधिले फेल खाएको छ । बैंकको कामको अनुगमन, निरिक्षण तथा सुपरिवेक्षणमा आउने लगायत नियामक निकायका व्यक्तिहरुकोमा बेला बेलामा ब्राण्डेड रक्सीका बोत्तल र मोटै रकम नजराना स्वरुप पुग्ने गरेको बैंक भित्रकै कर्मचारीहरु बताउँछन् । जोशी, मास्के, पौडेल, पंगेनी, अधिकारी र अर्पणालाई चाँडो भन्दा चाँडो नहटाए अब बैंकले धान्न नसक्ने बताईएको छ । नेपाल राष्ट्र बैंकको आँखामा छारो हाल्न पछिल्लो समय निकालिएको एक लिलामीको सुचना तथा बैंकसँग सम्बन्धित अख्तियार, नेपाल राष्ट्र बैंक र सिआईबीमा परेका मुद्धाहरुको विस्तृत अनलाइनपानाले करीब जुटाई सकेको छ । 

यो पनि पढ्नुहोस् :  

सांग्रिला बैकको अर्को बदमासी बाहिरियो, कमिसनको चक्करमा खराब कर्जा प्रवाह

साँग्रिला बैंकमा अर्पणा आतंक, बैंकको साख र कारोबारमा धक्का

प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार १९:४३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।