Logo

कोशी प्रदेश

पत्रकार कुटपिट घटनामा काँग्रेस-एमालेको जुहारी



सोलुखुम्बु । सोलुखुम्बुमा राजनीतिक शक्तिको दुरुपयोग हुनेक्रमले पछिल्लो समय पनि निरन्तरता पाएको छ । राज्य र प्रशासनसंग सम्बन्धित एक सामाजिक सिद्धान्त बोकेको पार्टीले अभियुक्तको कम्जोरी लुकाउँदै दोषिलाई उन्मुक्ति दिने उदेश्यले अधिकांश घटनामा राजनीतिकरण गर्ने गरिएको हो ।

हिमाली जिल्ला सोलुखुम्बुमा घट्ने अधिकांश घटनालाई राजनीतिमा जोड्ने क्रमले अझैपनि निरन्तरता पाइरहेको छ । सोलुखुम्बुमा क्रियाशिल सञ्चारकर्मीमाथि हातपात भएको घटनालाई पनि उदाहरणको रुपमा लिन सकिन्छ । गत मंसिर १४ गते नेपाली काँग्रेस सोलुखुम्बु जिल्ला कार्यसमिति सभापति पदको निर्वाचका क्रममा रिपोटिङमा गएका पत्रकार माथि हातपात भएको घटनालाई अनाआवश्यक रुपमा राजनीतिकरण गरिएको छ ।

घटनामा संलग्न भएको आरोपमा तीन जना विरुद्ध अभद्र व्यवहार शिर्षकमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा किटानी जाहेरी दर्ता गरी कार्वाही प्रक्रिया अगाडि बढाएपनि तत्काल पक्राउ नपर्नु र पक्राउ परेपछि विभिन्न राजनीतिक दलले विज्ञप्ति जारी गर्नुले राजनीतिकरण भएको प्रष्ट भएको छ ।
प्रहरी कर्मचारीकै अगाडि दुईजना पत्रकार माथि हातपात गर्दै प्रयोग गरिएका सामाग्रीमा क्षति पु¥याएपनि आरोपित तत्काल पक्राउ पर्न सकेनन् । मंसिर १४ गतेको घटना भएपनि आरोपित पुस २८ गते करिब डेढ महिना पछि पक्राउ परेलगत्तै विभिन्न राजनीतिक दलको विज्ञप्ति जारी हुनुले कानुन र न्याय माथि नै प्रश्न गर्ने प्रशस्त आधार निर्माण भएको छ ।

आरोपित मध्येका जीवन बस्नेतले पुस २७ गते माप्यदुधकोशी गाउँपालिकामा आयोजिक एक कार्यक्रममा अतिथि आषण ग्रहण गर्नुका साथै शुभकामना मनतव्य समेत राखेपछि पक्राउ गर्न प्रहरी बाध्य भएको थियो । मुद्दा दर्ताको अवस्थामा आरोपित स्वयम् प्रहरी प्रशासनको अगाडिनै भाषण गर्न थालेपछि खुल्ला चुनौति दिएको महशुस गरि कार्यक्रमको भोलिपल्ट बस्नेतलाई गाउँबाटै प्रहरीले पक्राउ गरेको थियो ।

बस्नेत पक्राउ परेपछि घटनामा संलग्न भएको आरोप लागेका प्रदिप बस्नेत र बिभुषण राई आफै २९ गते काठमान्डौबाट सिधै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा उपस्थित भएका थिए । तर नेपाली काँग्रेस माप्यदुधकोशी गाउँपालिकाले भने मंसिर ३० गते विज्ञप्ति जारी गर्दै एक जना पत्रकार संग सामान्य भनाभन भएको विषयमा माप्यदुधकोशी गाउँपालिकाका जननिर्वाचित अध्यक्ष बुद्धिकिरण राई र उहाँका पार्टी नेकपा एमालले तीनै जनालाई कार्यक्रमस्थलबाट पक्राउ गर्न लगाएको आरोप लगाइएको छ । राजनीतिक बदलाको भावले पक्रने र सार्वजनीक रुपमा नेता कार्यकर्तालाई पतन गराउँन खोजिएको भन्दै विज्ञप्ति माफर्त तत्काल रिहा नगरे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिईएको छ ।

काँग्रेसले एक जना पत्रकार संग सामान्य भनाभन भएको भनेतापनि घटनामा दुई जना पत्रकार पीडित बनेको भन्दै जाहेरी दर्ता गरिएको छ । नेपाली काँग्रेसको विज्ञप्ति जारी भएको भोलिपल्ट अर्थात शनिबार नेकपा एमाले माप्यदुधकोशी गाउँपार्टी कमिटीले त्यसको भत्सना गर्दै विज्ञप्ति जारी ग¥यो । गाउँपार्टी कमिटी अध्यक्ष जुनितामाया मगरले हस्ताक्षर गरेको विज्ञप्ति मार्फत नेपाली काँग्रेस माप्यदुधकोशी गाउँसमितिलाई क्षमयचना नगरे जस्तुसकै कदम चाल्न पछि नपर्ने भनि चेतावनी दिइएको छ ।

पक्राउ परेका आरोपितहरु नेपाली काँग्रेससंग सम्बद्ध व्यक्तिहरु हुन् । तर पीडितहरु विसुद्ध पत्रकार हुन् । घटनाको विषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिले समेत ध्यानकर्षण भएको भन्दै दोषीलाई कार्वाही गर्न माग गरेका थिए । यस्तै राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख श्याम बाबु काफ्ले सहितको टोलीले प्रहरी कार्यालय नै पुगेर थप जानकारी लिने र कार्वाहीको दायरामा चाडै ल्याउन माग गरेको थियो । तर पक्राउ पर्नुपुर्व कुनै पनि राजनीतिक दलले यस घटनाको विषायमा समर्थन र विरोध समेत गरेका थिएनन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ११:१६   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।