Logo

कोशी प्रदेश

एकल महिलालाई न्यानो कपडा वितरण



ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले गाउँपालिकाभित्रका एकल महिलाहरुलाई न्यानो ज्याकेट वितरण गरेको छ । गाउँपालिकाले जाडो छल्नका लागि एकला महिलालाइ न्यानो कपडा वितरण गर्नकै लागि बार्षीक बजेट विनियोज गरेको थियो ।

गाउँपालिका भरी भएका एकल महिलाको लागि न्यानो कपडा वितरणका लागि ५ लाख बजेट छुट्याएर जाडो मौसममा न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिका प्रमुख मोतिराज राईले बताए । ज्याकेट किन्न आर्थिक अवस्था कमजोर भएका एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको उनको भनाइ छ ।

गाउँपालिकाभित्रका ५ सय ३० जना एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको उपाध्यक्ष सविता राईले बताइन् । ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्र्तगत ज्येष्ठ नागरिकलाई पनि न्यानो कपडा वितरण गर्ने सोच बनाइएपनि बजेट अपुग हुने भएकाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्र्तगत के गर्ने भन्ने विषयमा छलफल भैरहेको गाउँपालिकाले जनाएको छ ।

प्ररत्येक वडाका ज्येष्ठ नागरिकहरुका लागि १ लाखका दरले रकम विनियोजन भएको गाउपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक लक्षित ९ लाख बजेट छुट्याएको गाउपालिकाभित्र १२ सय जेष्ठ नागरिक रहेका छन् । गाउँपालिका भित्र रहेका एकल महिलाकालाई न्यानो ज्याकेट वितरण गर्नका लागि अध्यक्ष मोतिराज राई, उपाध्यक्ष सविता राई लगायतको टोली हरेक टोलटोलमै पुगेर वितरण गरिएको गामउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ११ : २५ बजे

378
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।