Logo

कोशी प्रदेश

खोटाङको सल्ले र ओखलढुंगाको तलुवा जोड्ने झोलुंगे पुल शिलान्यास



ओखलढुंगा। ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले जोड्नका लागि दुधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई र उपप्रमुख बिमला राईले शनिबार शिलान्यास गरेका हुन् ।

संघीय सरकारबाट प्राप्त भएको सशर्त बजेट र नगरपालिकाको गरी ८५ लाख ८२ हजार ३५० लाख (भ्याट सहित)मा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । ओखलढुंगा जानआउनका लागि महादेवबेँसी पुगेर नदी तर्न बाध्य सल्लेका नागरिकलाई लक्ष्यित गर्दै टिम्मुरे र पिप्ले जोड्ने पुल निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ । झोलुंगे पुल बनेपछि टिम्मुरे र नाल्सु (तलुवा)का स्थानीय बढी लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

निर्माण कम्पनी नम्बुर अनसुवी अनसुमन जेभीले आगामी असार मसान्तसम्ममा पुरा गर्नेगरी झोलुंगे पुल निर्माणको सम्झौता गरेको छ। झोलुंगे पुल निर्माणका लागि नगरपालिकाले १९ माघ २०७७ मा टेण्डर आव्हान गरेको थियो । कोभिड–१९ को कारण ढिलागरी पुलको काम अघि बढेको नगर प्रमुख राईले बताए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १३:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।