काठमाडौं। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रादेवी शर्माले मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारबाही गरिने बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भनिन्,” हामी अहिले जिंगल बजाएर वृद्ध, अशक्तहरुलाई मास्क बाँडिरहेका छौं । सकेसम्म स्वतःस्फूर्त रुपमा मास्क लगाउने गरी सकारात्मक बाटोबाटै काम गरिरहेका छौं ।
अब मोटरसाइकल-गाडी चढ्ने, बुझेर पनि नबुझेजस्तो गरी माक्स नलगाई अटेरी गर्नेहरु त्यही ठाउँमा कारबाही गर्ने र त्यसको नतिजा तपाईंले केही दिनमा देख्नुहुनेछ ।” उनले भनिन्
पछिल्लो समय कोरोना संक्रमणकाे लहर तिव्र रुपमा फैलिएकाले सबैले सुरक्षित हुने प्रयास गर्नुपर्ने सीडीओ शर्माले बताएकी छिन । उनले फेरि थपिन्, “केही दिन अघि मात्र एउटा सरकारी कार्यलयमा ३७ जनाको काेराेना टेस्ट गर्दा १० जनामा पोजिटिभ देखियाे । हाम्रै अफिसमा दुई जनामा संक्रमण देखिएकाे छ ।
कोभिड भएका र अन्य बिरामीले अस्पताल भरिएका छन् । निजी अस्पतालाई तयारी हालतमा राख्नुपर्ने अवस्था आएकाे छ ।” सीमा नाकामा मास्क प्रयोगमा निगरानी राखिए पनि स्वास्थ्य परीक्षण नभएको शर्माले बताइन् ।
हामीले उपत्यकामा नागरिकलाई रोकेका छैनौं । साँगामा सशस्त्र र नेपाल प्रहरीबाट सवारी जाँच बढाएका छौं । सवारी साधन धेरै बेर रोक्दा जाम हुन्छ । अब टेस्ट बढाउने सोच छ । यसबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट छिटै निर्णय हुन्छ, शर्माले भनिन्,
सीडीओ शर्माले नेपालका विभिन्न जिल्लामा खोप अभाव नभए पनि खोप केन्द्रमा भीडभाड बढिरहेको बताएकी छन् । उनले भनिन्, “खोपमा कुनै अभाव नभएकाे तर कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको पालना अनिवार्य रहेकाे छ ।
सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि खोप केन्द्रमा भीडभाड बढिरहेको छ । सबैको प्रयासले नै हामी सुरक्षित हुने शर्माले बताएकी छिन् ।





















प्रतिक्रिया