काठमाण्डाैँ । हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प भएकाे छ । निर्माण कार्य थालेका योजना हिमपात र बर्षाले चिसाे बढेपछि सम्पुर्ण काम रोकिएका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार गत असारको १ गते आएकाे भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपातका कारण सामान ढुवानी नहुँदा निर्माण कार्य रोकिएको बताए ।
१ असारको बाढीपहिरोले भत्किएका सडक र पुल निर्माणलाई तीव्र बनाउनुपर्ने समयमा चिसो बढेपछि हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको आर्चायले बताए ।’
प्रजिअ आचार्यले भने गर्मीमा बाढीपहिरोले सामग्री ढुवानी हुन नसक्दा निर्माण काम हुन सकेन हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माणका काम रोकिएको छ ।
उनका अनुसार हिमपातका कारण विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । मनाङमा हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ ।
त्यस्तै, मनाङको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा बाढीपहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्याएको छ । बाढीपहिरोले क्षति पुर्याएका भौतिक संरचना निर्माणको कामसमेत अलपत्र अवस्थामा छन् । ‘मनाङमा हिमपात र बर्खायामको दुवै सिजन मौसमले साथ दिँदैन ।
मनाङमा मंसिर अन्तिमबाट विकास निर्माणका काम रोकिएका हुन् । माथिल्लो मनाङमा मंसिर तेस्रो साताबाट हिमपात भएको थियो ।





















प्रतिक्रिया