Logo

समाचार

श्रीमानकाे हत्या गरेको आराेपमा श्रीमती पक्राउ



राेल्पा । श्रीमानकाे हत्या गरेकाे आराेपमा श्रमतीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

राेल्पाकाे सुनछहरी गाउँपालिका-६ झिरवाङ वस्ने ४१ वर्षीया मिना पुन मगरलाई मंगलबार दिउँसो आफ्नाे श्रीमान काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको आराेपमा प्रहरीले पक्राउ गरेको हाे ।

मिनाले आफ्नै श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १५:१४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।