राेल्पा । श्रीमानकाे हत्या गरेकाे आराेपमा श्रमतीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
राेल्पाकाे सुनछहरी गाउँपालिका-६ झिरवाङ वस्ने ४१ वर्षीया मिना पुन मगरलाई मंगलबार दिउँसो आफ्नाे श्रीमान काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको आराेपमा प्रहरीले पक्राउ गरेको हाे ।
मिनाले आफ्नै श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





















प्रतिक्रिया