Logo

प्रदेश न. १

प्रदेश १ मा कोरोनाले तीनको मृत्यु, १६६ डिस्चार्ज, १२२ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा प्रदेश १ मा मंगलबार कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा १–१ जना पुरुषको मृत्यु भएको छ । ्हालसम्म प्रदेश १ मा उपचाररत ६७ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १२२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, ते¥हथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २९ महिला र ३२ पुरुष छन् । मोरङको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरँैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीयतहनखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, ते¥हथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४१ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १६६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १६०, रुम्जाटार आइसोलेसन केन्द्र ओखलढुंगाबाट ३, विराट मेडिकल कलेज बूढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार ४१ पुगेको छ । प्रदेश १ मा मंगलबार ८६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १२२ हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ५ : १४ बजे