Logo

कोशी प्रदेश

झापाकाे मूख्यबजार विर्तामाेडमा लागु औषध सहित ३ जना पक्राउ



झापा । झापाको बिर्तामोड नगरपालिका–४ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारानगरपालिका–१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन ।

हिजो राती ८ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको हो ।

लागुऔध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १२:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।