Logo

शिक्षा

मुगुका विद्यार्थी साग बेचेर पढाइ खर्च जुटाउँदै



मुगु । मुगुका ग्रामीण भेगका केही स्थानीयलाई आफ्नो जीवन धान्न पनि हम्मेहम्मे हुने गरेको छ । विहान के खाउँ, बेलुका के खाउँ भन्ने चिन्ताले दिन प्रतिदिन पिरोल्ने गरेको छ । र पनि जसोतसो जीवन गुजारेका छन् ।

एक छाक टार्न दिनभरि परिश्रम गरे पनि अपुग हुने मजदुर नानीकला नेपाली गुनासो गर्छिन् । मजदुरलाई मात्र होइन बालबालिकालाई अध्ययनका लागि किताब, कलम र कापीको जोहो गर्न पनि उत्तिकै सकस छ  ।

छायानाथ रारा नगरपालिका–५ को श्री नेपाल राष्ट्यि आधारभूत विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सविता कार्की आफ्नो पढाई खर्च जुटाउन बिहान र बेलुका सदरमुकाम गमगढी बजार धाउने गरेकी छन् । 

घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाइ खर्च जुटाउन नसक्ने भएपछि उनी आफैले उत्पादन गरेको हरियो सागशब्जी सदरमुकाममा लगेर बेचेर अध्ययनका लागि आर्थिक जोहो गर्छिन् । 

‘म बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्ने गर्छु,’ सविताले भनिन्, ‘साग बेच्दा एक मुठाको ५ देखि १० रुपैयाँसम्म आउँछ । त्यसैले पढाइ खर्च धान्ने गरेको छु । 

उनका अनुसार एक डोकाबाट साग बेच्दा १०० देखि ५०० रुपैयाँसम्म कमाइ हुन्छ । सविताजस्तै आर्थिक अवस्था कमजोर भएका बालबालिका सदरमुकाममा साग बेचेर पढाइ खर्च जुटाउने गरेका छन् 
 

प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार  १ : २० बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।