साेलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० जुगे र दिमिल बीचमा रहेको जुगे खोलामा पक्की पुल निर्माण हुने भएकाे छ । खोलामा १३ मिटरको पक्की पुल निर्माण गर्ने तयारी थालिएको हो ।
पर्यटकीय क्षेत्रका रूपमा सोलुदुधकुण्ड नगर पालिका र दिमिल र जुगे विकास गर्न उक्त पुल निर्माणको प्रस्ताव गरिएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले बताए ।
उक्त पुल ५५ लाखमा निर्माण हुने बताइएको छ । पुल निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा गरी विस्तृत प्राविधिक सबै तयारी भई काम सञ्चालन गरिएको उपभोक्त समितिका अध्यक्ष तेन्जी शेर्पाले बताए ।
सोलुदुकुण्ड नगरपालिका र बिदेशी संस्था सँगको सहकार्यमा पुल निर्माण थालिएको उनले बताए । पुल बनेपछि पर्यटकीय पिके ट्रेकिङ तथा पर्यटन प्रवद्रधनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा गरेका छन । पुल निर्माण पछि दिमिलका नागरिकहरु सडक सञ्जालले सदरमुकामसंग सिधा जोडिनेछन्




















प्रतिक्रिया