Logo

प्रमुख समाचार

झापामा बमसँगै भेटियो हिन्दु राज्य मागेको पर्चा



काठमाडौँ । झापाको विर्तामोड स्थित पश्चिम बस स्टेण्डमा भेटिएको कुकर बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम राखेको स्थानमा हिमाल सुरक्षा परिषद् लेखिएका केही पर्चा समेत फेला परेको छ। सो संगठनका मेची अञ्चल इन्चार्ज विवेकद्वारा हस्ताक्षरित पर्चामा संघीयता र धर्म निरपेक्षता खारेज गर्न माग गरिएको छ । सो संगठनले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै सो आफुहरुलाई मान्य नहुने पनि जनाएको छ।

त्यस्तै संगठनले २०४६ साल यताका सबै नेता तथा उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने,। पाँच विकास क्षेत्र कायम गरिनुपर्ने, भारत र चीनसँगको सीमा विवाद पूर्ण रुपमा समाधान गर्नुपर्ने लगायतका माग अघि सारेको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार ११:५९   :  बजे

2.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।