Logo

समाचार

अवैध लागूऔषध सहित ४ जना पक्राउ



काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका-८ डाँडागाउँ बस्ने ४५ वर्षीय कृष्ण राईलाई करिब ५ केजी ३ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै,कास्कीकाे पोखरा महानगरपालिका-१० औद्योगिक क्षेत्रबाट १ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१२ अन्नपूर्ण टोल बस्ने २० वर्षीय अनमोल बराललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-२१ बस्ने २६ वर्षीय राम बहादुर क्षेत्रीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ५१२८ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार क्षेत्रीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, पर्साकाे वीरगंज महानगरपालिका-२४ स्थितबाट करिब ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पटेर्वासुगौली गाउँपालिका-३ बस्ने ४० वर्षीय सलढ खाँ थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १३:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।