नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् ।
चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएका पुन आज बिहान खुमलटार पुगेका हुन् । प्रचण्डले स्वागतसँगै पुनको पूर्ण स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
“लामो समयको उपचारपश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो,” प्रचण्डको सचिवालयले भनेको छ ।





















प्रतिक्रिया