Logo

समाचार

दुर्घटनामा सांसदका छाेरासहित सात जनाकाे घटनास्थलमै मृत्यु



भारतको वर्धामा भएको एक कार दुर्घटनामा भारतीय जनता पार्टीका सांसदका छोरासमेत गरी सात जनाको घटनास्थलमै मृत्यु भएको छ। 

उनीहरू सबै मेडिकल अध्ययनरत थिए । सवांगीको दत्ता मेघे मेडिकल कलेजमा अध्ययनरत उनीहरू परीक्षा सकेर वर्धा फर्किरहेका बेला यो दुर्घटना भएको हो । 

प्रारम्भिक जानकारीका अनुसार कार चालकले नियन्त्रण गुमाएका कारण गाडी पुलबाट तल झरेको थियो । 

ज्यान गुमाउनेमा भाजपाका विधायक विजय रहांगदालेका छोरा आविष्कार पनि छन्  । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । 

भारत सरकारले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरेको छ । 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।