Logo

कोशी प्रदेश

डाक्टरसहित १ सय ३३ जना कर्मचारी संक्रमित, अस्पतालको सेवा प्रवाहमा कठिन



विराटनगर । प्रदेश १ को विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमित चिकित्सक, नर्स र कर्मचारीको संख्या दिनदिनै बढेको छ । पछिल्लो समय अस्पतालमा स्वास्थ्यकर्मीहरु बढी संक्तमित हुन लागेका हुन् ।

मंगलबारसम्मा कोशी अस्पतालमा संक्रमितको संख्या १ सय ३३ पुगेको अस्पतालका निमिक्त मेसु डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । उनका अनुसार संक्रमित हुने २४ जना डाक्टर, ४२ जना स्टाफ नर्स, ११ जना प्यारामेडिक्स, ७ जना प्याथालोजिस्ट, ४ जना डेन्टलका स्वास्थ्यकर्मी र ३६ जना कार्यालय सहयोगीमा संक्रमण देखिएको छ।

अस्पतालमा कोरोना संक्रमणको अवस्था भयावह रहेको छ । कोशीमा प्रदेश १ र २ का बिरामी उपचारका लागि आउने भएकाले तिनै बिरामी उपचारका क्रममा चिकित्सक र नर्सहरू संक्रमित भएको अस्पतालले जनाएको छ ।

संक्रमित चिकित्सक, नर्स र कर्मचारी होम आइसोलेसनमा रहेको उनले बताए । बिरामी उपचारमा संलग्न चिकित्सक, नर्स र कर्मचारीहरू संक्रमित भएपछि ओपिडी, वार्ड, शल्यक्रिया, शिक्षण, अनुसन्धान र दैनिक गतिविधिमा असर परेको छ ।

अस्पतालमा कार्यरत चिकित्सकहरू नै धमाधम संक्रमित हुन थालेपछि सेवा प्रवाह कठिन भएको यादवको भनाइ छ । संक्रमितमध्ये ४ जना चिकित्सक पुनः काममा फर्केकाले सेवा प्रवाहमा केही राहत भएको उनको भनाइ छ । अस्पतालमा चिकित्सकमा संक्रमण दर यस्तै रह्यो र सरकारले दरबन्दीअनुसारको चिकित्सक तथा स्वास्थ्यकर्मी नपठाए सेवा ठप्प हुने अवस्था आउने देखिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ११:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।