Logo

कोशी प्रदेश

सुनसरीको धरानमा थप २ जना संक्रमितको मृत्यु



सुनसरी । सुनसरीको धरानमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरूमा धरान ११ का ४५ बर्षीय पुरुष र धरान वडा नम्बर १५ का ७२ बर्षीय वृद्ध रहेका छन् ।

माघ ६ गते कोभिड संक्रमण पुष्टि भइ सोही दिन प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएका ४५ बर्षीय पुरुषको हिजो राती ८ बजेर ४० मिनेटमा मृत्यु भएको बीपी कोरइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सह– प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । दीर्घ रोगी रहेका मृतकले कोभिड १९ विरुद्धको खोप लगाएको पनि प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै, माघ ९ गते संक्रमण पुष्टि भएइ बुधबार कोभिड अस्पतालमा भर्ना भएका ७२ बर्षीय वृद्धको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिएका छन् । मृतक वृद्धले पनि कोभिड विरुद्धको खोप लाएको प्रतिष्ठानले जनाएको छ । उनको शवको व्यवस्थापन नियम अनुसार गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १६:१७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।