Logo

प्रमुख समाचार

क्यासिनो लाइसेन्स बाँड्नमा व्यस्त मन्त्री आले



संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न थालेका छन् । उनले सम्हालेपछि पर्यटन मन्त्रालयले ५ वटा क्यासिनोलाई लाइसेन्स जारी गरिसकेको छ ।

आलेले पर्यटन मन्त्रालय सम्हाल्नुअघि इजाजतपत्र प्राप्त गरेका क्यासिनोको संख्या १७ थियो, अहिले २२ पुगिसकेको छ । पर्यटन विभागकाअनुसार चालु आर्थिक वर्षमा जारी भएका ६ मध्ये ५ वटा क्यसिनोले आले मन्त्री भएपछि नै लाइसेन्स लिएका हुन् ।

क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुन्छ । लाइसेन्सका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने तय गरिएको छ । तोकिएको क्षेत्रका होटलका सञ्चालकको सहमतिमा क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पूर्वस्वीकृति लिने प्रक्रिया पूरा गर्नुपर्छ ।

नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिले राय दिएको २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, मन्त्री आलेले गुपचुप रुपमा प्रक्रिया टुंग्याएर लाइसेन्स दिइरहेको मन्त्रालय स्रोतको दाबी छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।