ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेनमा आगलागी भएको छ । आगलागीबाट हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ ।
शुक्रबार मेरिङदेन गाउँपालिका–६ नाल्बुका कन्चन लिम्बुको घरमा आगलागी भएको र आगलागीबाट घर तथा घरभित्र रहेका सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायत नष्ट भएका छन् । आगलागी के कारणले भएकाे अझै पत्ता नलागेकाे प्रहरीले जनाएकाे छ ।
आगलागीबाट करिब ४२ लाख ३५ हजार रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।




















प्रतिक्रिया